Friday, May 1, 2026
spot_img
spot_img

सोपान फर्मास्युटिकल्सको आईपीओ निष्काशन मिति परिवर्तन

spot_img
spot_img

सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन मिति परिवर्तन गरेको छ । कम्पनीले यस अघि  वैशाख  २ गतेदेखि वैशाख ६ गतेसम्म आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने जनाएको थियो ।

तर सरकारले आइतबार पनि सार्वजनिक विदा दिएकोले सोहि अनुसार मिति परिमार्जन गरिएको कम्पनीले जनाएको छ। अब कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म आईपीओ निष्काशन गर्ने छ। कम्पनीले आम सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम अधिकतम ११ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। शेयर सूचीकरण पश्चात सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी हुने छ ।

कम्पनीका अध्यक्ष डा. अनिल पोखरेल हुन् भने अन्य संचालकमा भिम लाल पौड्याल, कृति कुमारी महतो, अनिश शाह र आङ दोर्जी लामा रहेका छन् । कम्पनीका सीइओ सुमन न्यौपाने हुन् । कम्पनीमा सोपान मल्टिपलको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेले सिडिएसमा तत्काल नयाँ संचालक नपठाउने, महिला कर्मचारी नै पठाउनु पर्ने बाध्यता

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा प्रबन्ध...

मेरो कार्यकालमा निजी क्षेत्रमैत्री ऐन कानुनमा इतिहासमै सबैभन्दा बढी सुधार भएको छ (अन्तरवार्ता)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल आफ्नो कार्यकाल...

तोलामै ३४ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ। बिहीबार प्रतितोला २...

आज अन्तरराष्ट्रिय श्रमिक दिवस, उभौली पर्व र बुद्ध जयन्ती मनाइँदै

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा...

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...
spot_img