Monday, August 10, 2026
spot_img

आयोजना प्रभावितले सानिगाड हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img

आयोजना प्रभावित स्थानीयले सानिगाड हाइड्रो लिमिटेडको आईपीओ भर्ने आज चैत्र २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ८ गतेदेखि  आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले बझाङ जिल्लाका स्थानीयलाई २८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ। यस निष्काशनमा बझाङ जिल्लाको बुङ्गल नगरपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन्।  सो नगरपालिकाको वडाहरु १ , २ र ४ अति प्रभावित स्थानीय रुपमा रहेका छन्  । उनीहरुलाई कुल १८ लाख ५२ हजार कित्ता छुट्याईएको छ। सो नगरपालिकाका बाँकि वडाका स्थानीय प्रभवित क्षेत्रको रुपमा रहेका छन्, उनीहरुलाई ९ लाख ९७ हजार ५ सय कित्ता शेयर छुट्याईएको छ ।

स्थानीयले आवेदन दिंदा  न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्।   शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले बझांगमा  ३४.४६ मेगावाटको अपर कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ हुन् भने अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा,  शिव प्रसाद घिमिरे, र तिर्थ राज चटौत रहेका छन् । कम्पनी सचिवको रुपमा प्रमोद आचार्य रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि...

अब शेयरबजारमा ७ प्रकारका लगानीकर्ता, आईपीओ बाँडफाँड प्रणालीसँग जोड्ने प्रस्ताव

नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताको वर्गीकरणको प्रस्ताव गरेको छ। आधुनिक...

देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, ग्राहकले पाउनेछन् यस्ता सुविधा

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक तथा सेवा प्रदायक...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले बोलायो एजीएम, २.५ प्रतिशत बोनस शेयर प्रस्ताव

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ...
spot_img