हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।
सम्झौतामा हिलोरा हिल्स रिसोर्टको तर्फवाट संचालक ई.श्री दिप विक्रम विष्ट तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनीले रु.१०० अंकित दरका ४०,००,००० कित्ताले हुन आउने रु.४०,००,००,०००÷— रकम बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।
भक्तपुरमा रहेको हिलोरा हिल्स रिसोर्ट लिमिटेडमा १०० वटा भन्दा बढी कोठाहरू रहेको छ। रिसोर्टमा स्काई भ्यू रेस्टुरेन्ट, ईन्डोर स्विमिंग पूल र पिकनिक स्पट रहेका छन् । रिसोर्टसँग १५०० देखि २००० व्यक्तिहरुका लागि भोज, सम्मेलन लगायतका कार्यक्रम संचालन गर्ने क्षमता छ ।










