याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म २ लाख १० हजार कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा ८३ हजार ४ सय २० जनाको आवेदन परेको थियो, जस मध्ये ८३ हजार ३ सय ९६ जनाको आवेदन मात्र योग्य भएको छ।
मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार २१ हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।
नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० फागुन ८ देखि विद्युत उत्पादन गरिरहेको छ ।
यस कम्पनीकी अध्यक्ष इन्द्र माया तामाङ हुन्। अन्य संचालकमा उदीधाम बहादुर देवकोटा, नर हांङ राई, समय कर्माचार्य, रोशन शाह, र सशीराज श्रेष्ठ रहेका छन् ।









