Monday, August 10, 2026
spot_img

सेन्चुरी इनर्जीले अब १०० रुपैयाँमै आईपीओ निष्काशन गर्ने, बोर्डमा बुझायो संशोधित विवरण

spot_img

प्रिमियममा आईपीओ निष्काशनको अनुमति माग गरेको सेन्चुरी इनर्जी लिमिटेडले अब अंकित मूल्य मै आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले चैत्र १ गते धितोपत्र बोर्डलाई बुझाएको पछिल्लो विवरण अनुसार अब प्रति शेयर १०० रुपैयाँमै कम्पनीले शेयर निष्काशन गर्ने छ।

अंकित मूल्यमा शेयर निष्काशन गर्ने भएपछि कम्पनीले आईपीओको आकार बढाएको छ। यस अघि कम्पनीले प्रति शेयर २७५ रुपैयाँ ११ पैसामा ३ लाख कित्ता शेयर निष्काशनको अनुमति मागेको थियो ।  अब भने कम्पनीले १०० रुपैयाँमा ५ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने गरि अनुमति मागेको छ।  शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले सिन्धुपाल्चोक ९९७ किलोवाट क्षमताको हाडि खोला सुनकोशी ए साना जलविद्यतु आयोजना निमार्ण सम्पन्न गरि २०७७ भदौ १२ गतेबाट विद्युत उत्पादन गरिरहेको छ  । यस आयोजनाको निमार्ण लागत २४ करोड मध्ये ८ करोड स्वपूजी र बाँकि बैंक ऋण रहेको छ। यस कम्पनीको अध्यक्ष डा. कृष्ण प्रसाद दुलाल हुन्।

नेप्सेमा सूचीकृत कम्पनी मध्ये हाल सबै भन्दा सानो आयोजना कुथेली बुखरीको छ । कुथेलीले ०.९९८ मेगावाट क्षमताको सुस्पा बुखरी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि सन् २०१५ सेप्टेम्बरदेखि विद्युत उत्पादन गरिरहेको छ। सेन्चुरी इनर्जीको आयोजना कुथेलीको भन्दा पनि सानो हो ।

यद्यपि कम्पनीले चम्पावती हाइड्रो पावर लिमिटेडबाट गोरखामा निर्माण भएको ७ मेगावाको चेपेखोला जलविद्युत आयोजनामा पनि लगानी गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि...

अब शेयरबजारमा ७ प्रकारका लगानीकर्ता, आईपीओ बाँडफाँड प्रणालीसँग जोड्ने प्रस्ताव

नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताको वर्गीकरणको प्रस्ताव गरेको छ। आधुनिक...

देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, ग्राहकले पाउनेछन् यस्ता सुविधा

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक तथा सेवा प्रदायक...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले बोलायो एजीएम, २.५ प्रतिशत बोनस शेयर प्रस्ताव

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ...
spot_img