Friday, August 28, 2026
spot_img
spot_img

सूर्योदय वोमी लघुवित्तको एफपीओमा दोश्रो दिन मै दुई सय गुणा बढीको आवेदन

spot_img

सूर्योदय वोमी लघुवित्तले निष्काशन गरेको एफपीओमा माग भन्दा करिब २ सय गुणा सम्मको आवेदन परेको छ । दोश्रो दिन साँझ ५ बजेसम्ममा कम्पनीको एफपीओमा माग भन्दा करिब २ सय गुणा युनिट शेयर खरिदका लागि आवेदन परेको हो ।

सिडीएससीका अनुसार आज शनिवार साँझ ५ बजेसम्ममा कम्पनीको एफपीओमा ६ लाख ७ हजार ७ जना आवेदकबाट ९३ लाख ३० हजार ४ सय २० कित्ताको लागि लागि आवेदन परेको छ ।

कम्पनीले साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो  । कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गरेको हो ।

यस निष्काशनमा साउन ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले अंकित मूल्य रु १०० मै एफपीओ निष्काशन गर्न लागेको हो । एफपीओ निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

साविकको सूर्योदय लघुवित्त वित्तीय र वोमी लघुवित्त मर्ज भई सूर्योदय वोमी लघुवित्त बनेको थियो । संस्थाको कुल चुक्ता पूँजी  एकानब्बे करोड सात लाख बयासी हजार पाँच सय आठ रुपैयाँमा संस्थाको पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारण समूहको शेयर हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुयाउनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) का लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...