Friday, March 21, 2025
spot_img
spot_img

सूर्योदय वोमी लघुवित्तको एफपीओमा दोश्रो दिन मै दुई सय गुणा बढीको आवेदन

सूर्योदय वोमी लघुवित्तले निष्काशन गरेको एफपीओमा माग भन्दा करिब २ सय गुणा सम्मको आवेदन परेको छ । दोश्रो दिन साँझ ५ बजेसम्ममा कम्पनीको एफपीओमा माग भन्दा करिब २ सय गुणा युनिट शेयर खरिदका लागि आवेदन परेको हो ।

सिडीएससीका अनुसार आज शनिवार साँझ ५ बजेसम्ममा कम्पनीको एफपीओमा ६ लाख ७ हजार ७ जना आवेदकबाट ९३ लाख ३० हजार ४ सय २० कित्ताको लागि लागि आवेदन परेको छ ।

कम्पनीले साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो  । कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गरेको हो ।

यस निष्काशनमा साउन ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले अंकित मूल्य रु १०० मै एफपीओ निष्काशन गर्न लागेको हो । एफपीओ निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

साविकको सूर्योदय लघुवित्त वित्तीय र वोमी लघुवित्त मर्ज भई सूर्योदय वोमी लघुवित्त बनेको थियो । संस्थाको कुल चुक्ता पूँजी  एकानब्बे करोड सात लाख बयासी हजार पाँच सय आठ रुपैयाँमा संस्थाको पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारण समूहको शेयर हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुयाउनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) का लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो ।

spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img