सर्वसाधारणलाई सालपा विकास बैंकको आईपीओ आजदेखि

spot_img

सालपा विकास बैंकले आज पुस १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई १४ लाख ३९ हजार १ सय ७९ कित्ता शेयर निष्काशन गरेको हो।

यस निष्काशनमा पुस २० गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २५ हजार कित्ताको लागि दिन सकिने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर ८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८ सय ८० कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । बैंकले गत वैशाख २३ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

यस बैंकको बैंकको केन्द्रीय कार्यालय खोटाङमा रहको छ। बैंकको कार्यक्षेत्र नै खोटाङ जिल्ला हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...