Saturday, May 9, 2026
spot_img

‘दिर्घकालीन प्रतिफलको उद्देश्य प्राप्त गर्न माछापुच्छ्रे एसआइपी योजना उपयुक्त छ’

spot_img
spot_img

माछापुच्छ्रे क्यापिटलले  मङ्सिर १४ गतेदेखि खुलामुखी सामुहिक लगानी योजनाको इकाई निष्काशन गर्दै छ। क्यापिटलले माछापुच्छ्रे म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि माछापुच्छ्रे एसआईपी योजना नामको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्न लागेको हो ।

यस योजनाको आकार ५० करोड रहेको छ।  तर पहिलो चरणमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई निष्काशन हुन लागेको हो । २ करोड इकाई मध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाई माछापुच्छ्रे बैंक र माछापुच्छ्रे क्यापिटललाई छुट्याईएको छ । जसमा बैंकले १४ प्रतिशत र क्यापिटलले १ प्रतिशत इकाई लिने छ।

बाँकि रहेको १ करोड २५ लाख इकाई सर्वसाधारणमा निष्काशन हुन लागेको हो । यसमा न्युनतम १०० इकाई र अधिकतम २० लाख इकाईको लागि आवेदन दिन सकिने छ। छिटोमा मङ्सिर १७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा मङ्सिर २८ गतेसम्म आवेदन दिन सकिने छ।

यसै प्रसङ्गमा बिजनेशपानाले योजनाबारे माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारसँग कुराकानी गरेको छ।

माछापुच्छ्रे एसआईपी योजना कस्तो खालको फण्ड हो ? 

यस “माछापुच्छ्रे एसआइपि योजना” एक खुलामुखी योजना हो । यस योजनाको कुल आकार ५० करोडको रहेको छ र यस मध्ये प्रथम चरणमा सार्वजनिक रुपमा २० करोडका लागि बिक्रि खुल्ला गरिनेछ ।

यसबाट संकलित रकम के मा र कसरी लगानी गरिन्छ?

यसबाट संकलित रकम नेपाल धितोपत्र बोर्डमा दर्ता भएका धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र साथै मुद्रा बजार उपकरण, मुद्दति निक्षेप तथा ऋणपत्रहरुमा लगानी गरिन्छ । यस योजनाले दीर्घकालिन प्रतिफल हासिल गर्ने लक्ष्य सहित आधारभुत विश्लेषणबाट मजबुत देखिएका धितोपत्रहरुमा लगानी गर्दछ ।

अहिले बजारमा रहेका खुलामुखी म्युचुअल फण्डको तुलनामा यो फण्ड के हिसाबमा फरक छ ?

माछापुच्छ्रे एसआइपि योजना एक सन्तुलित योजना हो । यसमा SIP, Lump Sum, DRIP र SWP सुविधा रहेकोछ । यो योजना value investing मा केन्द्रित रहँदै जोखिम र प्रतिफलबीच सन्तुलन कायम गरी दीर्घकालिन प्रतिफल हासिल गर्ने उद्देश्य राख्नेछ ।

यस फण्डमा लगानी गर्ने लगानीकर्ताले कहिलेबाट र कति प्रतिफलको अपेक्षा गर्न सक्छन्?

यो खुलामुखी योजना भएकोले लगानीकर्तालाई आफ्नो लगानीको मूल्य (NAV) बढेसँगै लाभांश मार्फत प्रतिफल दिनेछ । यस योजनाको १० वर्षको प्रक्षेपित वार्षिक औसत प्रतिफल १३ प्रतिशत रहेको छ ।

अहिले बजारमै १० रुपैयाँ भन्दा कमका खुलामुखी म्युचुअल फण्ड छन्, सस्तो फण्ड छोडेर १० रुपैयाँमा माछापुच्छ्रे फण्ड किन किन्ने ?

खुलामुखी योजनाहरुको कारोबार दैनिक खुद सम्पत्ति मुल्य (NAV) मा हुने गर्दछ । योजनाको सुरुवाती चरणबाटै सहभागी हुने अवसर लगानीकर्ताहरुले पाउँने छन्, साथै नियमित लगानी, दिर्घकालीन प्रतिफलको उद्देश्य प्राप्त गर्नका लागि माछापुच्छ्रे एसआइपि योजना उपयुक्त योजना हो।

कस्ता लगानीकर्तालाई यो फण्ड उत्तम हुन्छ ?

साना लगानीकर्ता, तलबी व्यक्तिहरु, अवकाश प्राप्त तथा पेन्सनधारी व्यक्तिहरु जो नियमित लगानी गरि दीर्घकालीन प्रतिफल हासिल गर्न चाहने लगानीकर्ताहरुलाई यो योजना उत्तम हुन्छ ।

३ महिनापछि सहजै फण्डको इकाई खरिद बिक्रीको लागि कस्तो योजना छ ?

यस योजना अनलाइन प्लेटफर्म, मोबाइल एप्लिकेशन साथै विभिन्न पेमेन्ट गेट्वे सँग सहकार्य गरि योजनाको सहज कारोबार गराउँदछौं ।

अन्त्यमा, लगानीकर्ताहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

पूँजी बजारको प्रतिफल मुद्रा बजारको तुलनामा निकै बढी रहेको परिस्थितीमा नियमित तथा व्यवस्थित तरिकाले लगानी गर्दै दीर्घकालीन प्रतिफल हासिल गर्नका लागि “माछापुच्छ्रे एसआइपि योजना” मा लगानी गर्नको लागि आग्रह गर्दछौं।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...
spot_img