Wednesday, July 8, 2026
spot_img

स्थानीयले झापा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img

झापा इनर्जी लिमिटेडले आयोजना प्रभावितलाई निष्काशन गरेको आइपीओमा आवेदन दिने आज साउन २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले आयोजना प्रभावित झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का स्थानीयलाई  ३ लाख ८० हजार १ सय ९० कित्ता शेयर निष्काशन गरेको हो। यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्।  शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  ५७ हजार २९ कित्ता शेयर निष्काशन गरिसकेको छ। यी दुवै शेयर बाँडफाँड भएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

धितोपत्र बोर्डले असार ३१ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४ सय ७५ कित्ता शेयर निष्काशन गर्ने छ।  कम्पनीले झापामा १० मेगावाट क्षमताको सोलार आयोजना निर्माण सम्पन्न गरि २०८० माघ १० गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img