Thursday, April 30, 2026
spot_img
spot_img

ग्लोबलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड आजदेखि बिक्रीमा, कुल २२४.९६ प्रतिशत प्रतिफल 

spot_img
spot_img

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज असार २२ गतेदेखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक निष्काशन सुरु गरेको छ । यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने “ग्रीनसुओ अप्सन” सहितको व्यवस्था गरिएको छ ।

यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राखेको क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार संचालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।

मुख्य विशेषताहरू
– योजनाको प्रकार: बन्दमुखी योजना
– फन्ड नाम: ग्लोबल आइएमई म्युचुअल फन्ड
– योजना नाम: ग्लोबल आइएमई समुन्नत योजना २
– कोष आकार: प्रारम्भिक रू. १.२० अर्ब (अत्याधिक माग भएमा रू. १.५० अर्बसम्म)
– प्रति इकाई मूल्य: रू. १०
– सर्वसाधारणमा निष्काशन गरिने इकाइहरू: १२ करोड इकाईहरू
– न्यूनतम लगानी: १०० इकाई
– अधिकतम लगानी: योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाई
– योजना अवधि: इकाई बाँडफाँड मिति देखि १० वर्ष
– लाभांश नीति: प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुन: लगानी
– सूचीकरण: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध
– प्रारम्भिक लगानी: १५ प्रतिशत (फन्ड प्रायोजक र व्यवस्थापक)
– व्यवस्थापन शुल्क: नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
– डिपोजिटरी शुल्क: नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत

लगानी मिश्रण
 इक्विटी/इक्विटी सम्बन्धी साधनहरू: ७०–९० प्रतिशत (उच्च जोखिम)
 ऋणपत्र: निश्चित आम्दानी साधनहरू: ०–१० प्रतिशत (मध्यम जोखिम)
 फिक्स्ड डिपोजिट: ०–१० प्रतिशत (न्यून जोखिम)
 नगद/आईपीओ/अन्य म्युचुअल फन्ड: ०–१० प्रतिशत (न्यून जोखिम)

लगानी गर्नुपर्ने कारणहरू
व्यवसायिक व्यवस्थापन, विविधीकरण, सहजता र पहुँच, सस्तो लगानी, पारदर्शिता, कर छुट र लगानीकर्ता संरक्षणको यसमा लगानी गर्न उचित हुने क्यापिटलले जनाएको छ ।

लगानी प्रतिफल

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।

यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमा नयाँ सुरुवात, सरकारी कर्मचारीले १६ गते नै पाए १५ गतेसम्म काम गरेको तलव

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...

मालपोत कार्यालयको दैनिक अनुगमन मन्त्रीको कार्यकक्षबाटै

देशभरका मालपोत कार्यालयबाट प्रवाह हुने सेवाको अवस्थाबारे मन्त्रालयले दैनिक...

२९ महिनापछि टुङ्गो लाग्यो हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्चमा परेको मुद्दा

हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो...

कर्मचारीले १५ दिनमै पाउन थाले तलब

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...

एमआरपी कार्यान्वयनको समस्याबारे उद्योग वाणिज्य संघ काठमाडौँद्वारा छलफल

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले ‘एमआरपी सम्बन्धी बजार समस्या”...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्नको लागि ३ जनाको नाम सर्टलिस्ट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...
spot_img