Wednesday, August 26, 2026
spot_img
spot_img

एभरेष्ट कलर र लक्ष्मी सनराइज क्यापिटलबीच शेयर प्रत्याभुति सम्झौता

spot_img

एभरेष्ट कलर लिमिटेड र लक्ष्मी सनराइज क्यापिटलबीच शेयर प्रत्याभुति सम्झौता भएको छ । सम्झौतामा एभरेष्ट कलरको तर्फबाट प्रबन्ध संचालक सरोज लुइटेल तथा प्रत्याभुतिकर्ता लक्ष्मी सनराईज क्यापिटलको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनीले निकट भविष्य निष्काशन हुने ७ लाख ९० हजार कित्ता शेयरको लागि प्रत्याभूति गरेको हो । सम्झौता अनुसार कम्पनीको आईपीओ पूर्ण बिक्री नभए बिक्री नभएको शेयर क्यापिटलले खरिद गर्ने छ। नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

एभरेष्ट कलर ISO 9001:2015 प्रमाणिकरण प्रमाण पत्र प्राप्त कम्पनी हो। यो कम्पनी शहरी विकास तथा भवन निर्माण विभागको सुचीमा दर्ता छ भने नेपाल गुणस्तर चिन्ह प्राप्ति उन्मुख रहेको छ।

२०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडले अनुभवी युवाहरुद्धारा नेपाली बजारमा रङ्ग  उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ । गुणस्तरीय कलर उत्पादन गरी आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृृजना गर्ने तथा आन्तरीक राजस्वमा योगदान पु¥याई देशको सेवा गर्ने यस कम्पनीको प्रमुख उद्देश्य रहेको छ ।  यस कम्पनीले अन्र्तराष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि, गुण्स्तरीय कच्चा पदार्थ प्रयोग गरी नेपाली हावापानीमा सुहाउँदो रङ्ग उत्पादनको अनुसन्धान तथा विकास गरी गुणस्तरीय उत्पादन तथा सेवा मार्फत नेपाली रङ्ग को वजारमा आफ्ना उत्पादनहरू उपभोक्ताहरुलाई प्रदान गरी रहेको छ ।
कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक ईमल्सन पेन्ट्स र प्राईमर, ईनामेल पेन्ट्स, काठ र धातु प्राईमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स, वाल पुट्टीङ तथा औद्योगिक पेन्ट्सहरु आदि उत्पादन गर्दै आईरहेको छ । हाल यस कम्पनीद्वारा पूर्वमा फिदिम देखि पश्चिममा धनगढी सम्म २०० भन्दा बढि व्यवसायिक साझेदारीहरु मार्फत आफ्ना उत्पादनहरू विक्रि वितरण गर्दै आईरहेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...