मातृभूमि लघुवित्तले एफपीओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले चैत्र २१ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ११ करोड ४९ लाख ९८ हजार २ सय ५९ रुपैयाँ ८० पैसा बराबरको ११ लाख ४९ हजार ९० सय ८२ दशमलव ५९८ कित्ता एफपीओ निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने छ। बोर्डबाट अनुमति पाएपछि कम्पनीले एफपीओ निष्काशन गर्ने छ ।
एफपीओ निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।












