Thursday, June 18, 2026
spot_img

सर्वसाधारणलाई नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ फागुन ११ देखि

spot_img
spot_img

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ११ गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा सर्वसाधारणले फागुन १५ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई पुस २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने छ।

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ...

लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका कम्पनीहरुलाई विशेष छुट अफर

सरकारले लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका...

बुद्धभुमि नेपाल हाइड्रोले लिलामीमा ल्याएको शेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको बोलपत्र...

औद्योगिक क्षेत्रभित्रको जग्गा भाडा सम्बन्धि विवादमा महासंघले मुख खोल्यो

नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा संचालित १०...

घट्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

युद्द अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौतामा हस्ताक्षर

इरान र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्य गर्न १४...
spot_img