Tuesday, August 25, 2026
spot_img
spot_img

काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने

spot_img

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले यो योजना हालको लागि स्थगित गरेको जानकारी दिएका हुन् ।

आज संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले छोटो दुरी भएकै कारण काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरिएको बताएका हुन्।  सरकारको रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले मेट्रो रेल निर्माणको लागि विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार पार्न प्रस्ताव आह्वान समेत गरिसकेको थियो ।

यो मेट्रो रेल नारायण गोपाल चोकबाट सुरु भएर चाबहिल, कोटेश्वर, सातदोबाटो, र रत्नपार्क हुँदै पुन: नारायण गोपाल चोकसम्म नै पुग्ने प्रस्ताव थियो। यस रेल मार्गको लम्बाई २७.५ किलोमिटर प्रस्ताव गरिएको थियो। आयोजनाले  यस मार्गको विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार पार्नका लागि अन्तर्राष्ट्रिय परामर्शदाता (Consulting Firm) बाट १५ मे २०२६ मा Expression of Interest (EOI) आह्वान गरेको हो। आवेदन दिने अन्तिम मिति १५ जुन २०२६, दिउँसो १२:०० बजेसम्म रहेको थियो। तर आवेदनको मिति नै नसकिंदै मन्त्री लम्सालले यो योजना स्थगित गरिएको बताएका हुन् ।

सो परियोजना काठमाडौं उपत्यकाको लाइन १ र लाइन ३ को केही भागलाई समेट्ने लूप (वृत्ताकार) मार्ग थियो। यसमा २२ वटा स्टेसन (सामान्य + ट्रान्सफर) हुने प्रस्ताव गरिएको थियो । परियोजनामा Elevated र भूमिगत (Underground) दुवै प्रकारका संरचना रहने गरि टनेल, भियाडक्ट, र्याम्प आदि समावेश रहने प्रस्ताव गरिएको थियो।

अब भने सो योजना स्थगित भएको हो। मन्त्री लम्सालका अनुसार अब लामो दुरीको मेट्रो रेलको योजना अध्ययन गरिने छ। उनले थानकोटदेखि धुलिखेलसम्म नै मेट्रो रेल चलाउने गरि ट्रान्सपोर्टेसन मास्टर प्लान तयार पर्ने काम भईरहेको जानकारी दिए । उनले यहि आर्थिक वर्ष भित्र नै मास्टर प्लान तयार पारेर पारित गरिने र फेरी विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार पार्न प्रस्ताव आह्वान गरिने बताए । उनका अनुसार मास्टर प्लानमा १५० किलोमिटर मेट्रो रेल संचालनको हुने गरि योजना समावेश गरिन लागिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...