Saturday, June 20, 2026
spot_img

बुद्धभुमि नेपाल हाइड्रोले लिलामीमा ल्याएको शेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?

spot_img
spot_img

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको बोलपत्र खोलिएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज बिहीबार लिलाममा परेका आवेदनको शिलबन्दी बोलपत्रहरु खोलेको हो।

क्यापिटलका अनुसार यस लिलामीको शेयरमा २ हजार वटा भन्दा बढी आवेदन परेका थिए। लगानीकर्ताबाट अधिकतम ३५० रुपैयाँसम्मको  विड परेको देखिएको छ। यस लिलामीको शेयरको प्रारम्भिक कटअफ मूल्य २९६ रुपैयाँ कायम भएको छ। यद्यपि यो प्रारम्भिक कटअफ मूल्य मात्र रहेको र सबै आवेदन र चेकको भेरिफिकेशनपछि मात्र अन्तिम कटअफ मूल्य तय हुने क्यापिटलले जनाएको छ।

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि जेठ २९ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको थियो। कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको ४ लाख ७४ हजार ६ सय ९६ कित्ता शेयर जेठ २१ देखि जेठ २९ गतेसम्म लिलाममा ल्याएको थियो।

कम्पनीले चैत्र २२ देखि वैशाख २८ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा बिक्री नभएको ४ लाख ७४ हजार ६ सय ९६ कित्ता शेयर लिलामीमा आएको हो।

नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img