Monday, February 10, 2025
spot_img

गार्डियन माइक्रो लाइफको आईपीओको प्रि अलोटमेन्ट सम्पन्न, बाँडफाँड मिति तय

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आइतबार बिहान शेयर बाँडफाँड गर्ने तयारी भएको हो । आईपीओको प्रि अलोटमेन्ट हिजो बुधबार साँझ गरिएको छ।

कम्पनीले पुस २१ गतेदेखि  पुस २४ गतेसम्म आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। आईपीओमा १९ लाख भन्दा धेरै आवेदकले आवेदन दिएका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई मङ्सिर ७ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो।  जस मध्ये २ लाख २५ हजार कित्ता श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि , ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि , र बाँकि रहेको  १८ लाख ४५ हजार कित्ता सर्वसाधारणको लागि छुट्याईएको हो ।

यो पनि : गार्डियन माइक्रो लाइफ आईपीओ रिभ्यु: कस्तो छ कम्पनी, को को छन् ठूला शेयरधनी ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

नेपालमा बण्ड मार्केटको विकासका लागि गोष्ठी शुरू, विश्व बैंकका विज्ञ पनि सहभागी

नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (IFC) को...

एस.के. इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्रि...

संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी जलविद्युत आयोजना बनाउन दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण...

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा छुट

कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी...

नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३ वटा कम्पनीको...