Monday, January 19, 2026
spot_img

गार्डियन माइक्रो लाइफ आईपीओ रिभ्यु: कस्तो छ कम्पनी, को को छन् ठूला शेयरधनी ?

spot_img
spot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

यस निष्काशनमा सर्वसाधारणले पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

आज यस लेख मार्फत यो कम्पनी कस्तो हो, वित्तीय अवस्था कस्तो छ, संचालकहरु को को छन्, आईपीओबाट उठेको रकम के गर्छ, लगायतका जानकारी दिने छौ ।

कम्पनी परिचय 

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा मिति २०७९/०९/११ गते दर्ता भई बीमा ऐन, २०७९ बमोजिम २०७९/१२/२७ मा लघु जीवन बिमा व्यवसाय गर्ने लाईसेन्स पाएको हो। कम्पनीको रजिष्टर्ड कार्यालय मोरङ्ग जिल्ला, विराटनगर महानगरपालिका वडा नं. ७, मा रहेको छ ।

कम्पनीको कारोबार गर्ने मुख्य स्थान  विराटनगर महानगरपालिका वडा नं. ७, मा रहेको छ । कम्पनीले आ. व. २०८०/८१ मा १ प्रदेश कार्यालय, ३ शाखा कार्यालय, १८ उपशाखा कार्यालय र १ एक्स्टेन्सन काउण्टर गरी २३ स्थानबाट आफ्नो लघु जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ । कम्पनीले २०८० असार २२ गते देखि लघु जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

पूँजी विवरण  

कम्पनीको अधिकृत पूँजी ८० करोड रहेको छ। कम्पनीको तत्काल जारी शेयर पूँजी ७५ करोड रहेको छ। हाल कम्पनीको संस्थापकहरुबाट चुक्ता पूँजी ५२ करोड रहेको छ। कम्पनीले २२ करोड ५० लाख बराबरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सर्वसाधारणलाई निष्काशन गर्ने छ। आईपीओपछि कम्पनीको चुक्ता पूँजी ७५ करोड पुग्ने छ। आईपीओ पश्चात कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व अनुपात क्रमश ७५:२५ कायम हुने छ।

ठूला शेयरधनीको विवरण

कम्पनीमा दिपक भट्टको ११ लाख २५ हजार कित्ता र एस जि फिन्कोर्ष प्रा.लिको पनि ११ लाख २५ हजार कित्ता शेयर स्वामित्व रहेको छ। कम्पनीमा धेरै शेयर हुने शेयरधनीहरु यी दुई नै हुन् । कम्पनीका अन्य ठूला शेयरधनीमा नेब्बुल्लस क्यापिटल प्रा.लि, राज बहादुर शाह, हुलास अटोक्राफ्ट प्रा.लि, शुभम दुगड,मेटा इनभेष्टमेन्ट कम्पनी प्रा.लि, प्रिन्टसेल इमेजिंग प्रा.लि, लिला अग्रवाल, सुलोचना अग्रवाल, लियोन मोटर्स प्रा.लि., साक्षी बसंल (गुप्ता, आकाशं गुप्ता , र लतिका गोल्याण रहेका छन् ।

संचालकको विवरण

कम्पनीको संचालकहरुमा उदिप श्रेष्ठ (एक्सप्लोर इण्टरनेशनल प्रा.लि.का तर्फबाट), जय प्रकाश जैसवाल, उदय नारायण भट्टराइ, सि.ए.त्रिशिला झुनझुनवाला , र प्रमोद प्रसाद भट्टराइ रहेका छन् । कम्पनीका अध्यक्ष उदिप श्रेष्ठ हुन् । उनी पन्चकन्या ग्रुपमा सन २००९ देखि हाल सम्म कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् ।

व्यवस्थापन समूह

कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी रहेका छन् । उनले नेपाल रि इन्स्योरेन्स कम्पनीमा प्रमुख
कार्यकारी अधिकृत पदमा ४ बर्ष सेवा गरेका थिए। कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे हुन् । उनी नेपाल बीमा प्राधिकरणमा ६ वर्ष चार्टड एकाउन्टेन्ट थिए । कम्पनीको मुख्य प्रबन्धकमा कैलाश देवकोटा र सुनिता कोइराला रहेका छन् ।

कम्पनीमा कुल ६१ कर्मचारी छन् , जस मध्ये २१ स्थायी हुन् ।

वित्तीय विवरण

कम्पनीको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार कम्पनीको संचित मुनाफा १५ लाख ८४ हजार रुपैयाँ र खुद नाफा १७ लाख ९६ हजार रहेको छ। त्यस्तै यस अवधिको आधारभूत प्रति शेयर आम्दानी ०.३४ रुपैयाँ रहेको छ।

आ.व. २०८०/८१ को व्यवस्थापन तथा लेखापरिक्षकबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको संचित मुनाफा २७ लाख ५० हजार रुपैयाँ र खुद नाफा १३ लाख ११  हजार रहेको छ। त्यस्तै यस अवधिको आधारभूत प्रति शेयर आम्दानी ०.२५ रुपैयाँ रहेको छ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२, २०८२/८३ र २०८३/८४ मा कम्पनीको खुद नाफा क्रमश ६३ लाख ६४ हजार, ९७ लाख ७९ हजार र १ करोड १५ लाख ८० हजार हुने प्रक्षेपण गरेको छ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको वास्तविक प्रति शेयर नेटवर्थ १००.३४ रुपैयाँ थियो भने आर्थिक वर्ष २०८०/८१ मा अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ १००.५९ रुपैयाँ थियो । त्यस्तै कम्पनीले आर्थिक वर्ष २०८१/८२, २०८२/८३ र २०८३/८४ मा कम्पनीको प्रति शेयर नेटवर्थ क्रमश १०१.२६ रुपैयाँ, १०२.५७ रुपैयाँ र १०४.११ रुपैयाँ हुने प्रक्षेपण गरेको छ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको वास्तविक प्रति शेयर आम्दानी ०.३४  रुपैयाँ थियो भने आर्थिक वर्ष २०८०/८१ मा अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ०.२५ रुपैयाँ थियो । त्यस्तै कम्पनीले आर्थिक वर्ष २०८१/८२, २०८२/८३ र २०८३/८४ मा कम्पनीको प्रति शेयर आम्दानी क्रमश ०.८५ रुपैयाँ, १.३० रुपैयाँ र १.५४  रुपैयाँ हुने प्रक्षेपण गरेको छ।

आईपीओको रकमको उपयोग 

कम्पनीले आईपीओ मार्फत कुल २२ करोड ५० लाख रुपैयाँ संकलन गर्ने छ । जस मध्ये २२ करोड ३० लाख रकम कम्पनीले बैंक तथा वित्तीय संस्थाद्वारा जारी मुद्दती निक्षेपमा लगानी गर्ने र बाँकि २० लाख रुपैयाँ शाखा विस्तार तथा भौतिक पूर्वाधारको अभिवृद्धिमा खर्च हुने कम्पनीले जनाएको छ । बीमा कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्नु पर्ने व्यवस्था भए अनुसार कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो।

बिक्री प्रबन्धक र प्रत्याभूतिकर्ता 

कम्पनीले शेयर निष्काशन गर्नको लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ र सो सेवा वापत कम्पनीले क्यापिटललाई १ लाख रुपैयाँ सेवा शुल्क प्रदान गर्ने छ। त्यस्तै कम्पनीको शेयर बिक्री नभएमा बिक्री नभएको शेयर खरिद गर्नको लागि कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिंगलाई प्रत्याभूतिकर्ता नियुक्त गर्ने छ। सो सेवा वापत कम्पनीले नेपाल एसबिआईलाई १० लाख १२ हजार ५ सय रुपैयाँ प्रदान गर्ने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस्: बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह...

चुनाव लड्न सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिएका...

समानुपातिकतर्फको बन्दसूची प्रकाशन: ५७ चिन्ह, ६३ दल, ३२१३ जना उम्मेदवार

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।...

दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले उनलाई...

WOW Popcorn को ८ वर्ष पुरा, भारतीय बजारमा रणनीतिक प्रवेशको घोषणा

नेपालको पपकर्न ब्रान्ड WOW Popcorn ले आफ्नो ८औं वार्षिकोत्सवको...

धितोपत्र बोर्डले शर्त सहित घटायो म्युचुअल फण्डमा राख्नु पर्ने बीज पुँजी

नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोष योजनामा योजना व्यवस्थापकले...
spot_img
spot_img