Saturday, May 30, 2026
spot_img

अवधि नै तोकेर सरकारले गर्नेभयो ४१ काम, NTC को शेयर बेच्नेदेखि CAAN टुक्र्याउनेसम्म

spot_img
spot_img

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गरेका छन् । उनले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका  हुन् ।

विनियोजनमध्ये १२ खर्ब ७० अर्ब चालु खर्चका लागि र ४ खर्ब ३१ अर्ब पूँजीगत खर्चका लागि छुट्याइएको छ । ४ खर्ब २२ अर्ब वित्तीय व्यवस्थापन (ऋणको साँवा र ब्याज भूक्तानी)का लागि छुट्याइएको छ । बजेटको स्रोततर्फ राजस्वमार्फत १४ खर्ब ५ अर्ब र विदेशी अनुदानबापत ६१ अर्ब प्राप्त हुने अर्थमन्त्रीले जनाएका छन् । यस्तै, २४७ अर्ब विदेशी ऋण र ४१० अर्ब आन्तरिक ऋणमार्फत जुटाइने उनको भनाइ छ ।

बजेट पेश गर्दै अर्थमन्त्री वाग्लेले विभिन्न कार्यहरु अवधि नै तोकेर सम्पन्न गर्ने घोषणा गरेका छन् । उनले नेपाल टेलिकमको शेयर बिक्री गर्ने, नेपाल नागरिक उड्ययन प्राधिकरण टुक्र्याउने, ‘लगानी एक्सप्रेस’ को अवधारणा कार्यान्वयन गर्न स्वचालित रुट प्रणाली लागू गर्ने, राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको लागि समयनै तोकेर काम अघि बढाइने उल्लेख गरेका हुन्।

यस्ता छन् मन्त्री वाग्लेले बजेटमार्फत अवधि नै तोकेर सम्पन्न गर्ने भनी अघि सारेका ४१ कार्य 

हाइब्रिड यान्युटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन तीन महिनाभित्र तयार हुने।

आगामी पाँच वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने सडक तथा पुलको स्तरोन्नति गर्ने।

गोरखकाली रबर उद्योग लगायत सातवटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्‍कन (डीडीए) गरी निजी-सार्वजनिक साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र सम्पन्न गर्ने।

नेपाल टेलिकममा सङ्‍घीय सरकारको ६६ प्रतिशत शेयर कायम राखी बाँकी शेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्‍त रकम नेपाललाई ‘टेकहब’ बनाउन उपयोग गर्ने।

नेपाललाई युरोपियन युनियनको ‘एयर सेफ्टी लिष्ट’ बाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्‍डयन प्राधिकरणको पुन:संरचना गरी नियामक र सञ्‍चालकको पृथक भूमिका स्थापित गर्ने।

ठूला र निर्माणाधीन सिँचाइ आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्‍न हुने ।

‘लगानी एक्सप्रेस’ को अवधारणा कार्यान्वयन गर्न आगामी तीन महिनाभित्र स्वचालित रुट प्रणाली लागू गर्ने।

चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालु आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्ने।

आगामी पाँच वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट चौबीसै घण्टा स्वच्छ पिउने पानी सुनिश्‍चित गर्नेछौँ। आगामी तीन वर्षभित्र 65 प्रतिशत र पाँच वर्षभित्र शत प्रतिशत नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने।

पुस मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लङ्‍घन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराधसरह कानुनी दायरामा ल्याउने प्रणाली विकास हुने।

एक हजार अठ्ठाईस किलोमिटर लामो पूर्व-पश्‍चिम राजमार्गलाई चारलेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्रमा सम्पन्न गर्ने।

यसै वर्ष कमला-कञ्‍चनपुर र नारायणगढ-बुटवल सडक खण्ड स्तरोन्नति कार्य सम्पन्न हुने।

आगामी वर्ष काँकडभिट्टा-लौकही, कमला-बागमती, बुटवल-गोरूसिङ्गे र धानखोला-लमही खण्ड अन्तर्गत 80 किलोमिटर सडक स्तरोन्नति गर्ने।

हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने।

पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने।

आगामी तीन वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्ने।

आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङ मार्ग सम्पन्न हुने।

सुनकोशी-मरिन डाइभर्सन आयोजनाको बाँध र विद्युतगृह निर्माणको लागि पुन: ठेक्का लगाई ४ वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कार्य सुरु गर्ने।

खेल पूर्वधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका दश वटा फुटबल रङ्गशालालाई फ्लड लाईट सहितको स्तरोन्नति गर्ने।

प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने।

बिराटनगर, लहान, काठमाडौँ, पोखरा, वुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा दुई हजार क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम आगामी तीन वर्षभित्र निर्माण गर्ने।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी छ महिनाभित्र यकीन गर्ने।

चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी दुई बर्ष भित्र निर्माण सम्पन्न गरिने।

चालु आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश हुने।

विदेशी ऋण वा लगानीका आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने।

आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा पन्ध्रजना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसीप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रण गर्ने।

आगामी आर्थिक वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्रे र 275 वटा सडक पुल निर्माण हुने।

काठमाडौं तराई-मधेश द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने।

आगामी वर्षदेखि काठमाडौं उपत्यका लगायतका प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गरी धुलोमुक्त एवम्  खाल्टाखुल्टीमुक्त बनाउने।

आगामी आर्थिक वर्ष याङ्ग्री र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्ने।

आगामी आर्थिक वर्ष जलविद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी 1040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता ५५३५ मेगावाट पुग्ने।

चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने।

हेटौंडा- ढल्केवर- इनरुवा ४०० के. भि. प्रसारण लाइन चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने।

आगामी आर्थिक वर्ष थप १५ हजार ८ सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने।

बबई सिँचाइ आयोजना अन्तर्गत आगामी आर्थिक वर्ष 1 हजार 66 हेक्टर जमिनमा सिँचाइको सुविधा पुर्‍याउने।

पहाडका टारहरूमा लिफ्ट सिँचाइ आयोजनाबाट आगामी वर्ष 2 हजार 2 सय 30 हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार गर्ने।

निर्माण सुरु भएका 336 आधारभूत अस्पताललाई आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने।

किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचयपत्र वितरण सुरु गर्ने।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउने।

बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गर्ने।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५० युनिटभन्दा बढीको विद्युत खपतमा लगाईएको भ्याट फिर्ता लिन कुलमानको आग्रह

पूर्व मन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ...

ईभीमा १३० प्रतिशतसम्म कर

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधनमा मोटर पावरको...

अब कति कमाउँदा कति तिर्नु पर्छ कर ?

सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य...

५१ प्रतिशत पुग्यो चुरोटको कर

सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बृद्धि गरेको छ ।...

सुनको भन्सार शुल्क दोब्बर बढ्यो, विलासिता कर र हिराको भ्याट भने खारेज

नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुन, चाँदी,...

बजेटले पुँजीबजारलाई अर्थतन्त्रको विकास साझेदारका रूपमा स्वीकार गर्यो: अध्यक्ष ढकाल

नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नेपाल...
spot_img