नेपाल लाइफ इन्स्योरेन्सले २१ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१÷०८२ का लागि नगद र बोनस सेयर गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समिति बैठकले ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँ चूक्ता पूँजीको २१ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसमध्ये ५ प्रतिशत बोनस सेयर र १६.०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तामा वितरण हुनेछ ।











