Monday, July 13, 2026
spot_img

८ वाणिज्य बैंक सहित ३५ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ? (सूचीसहित)

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन्। आज कार्तिक २८ बिहान ११ बजेसम्ममा कुल ३५ सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गरेका ३५ कम्पनी मध्ये ८ वटा वाणिज्य बैंक रहेका छन् भने ५ वटा विकास बैंक रहेका छन् । पूर्वाधार विकास बैंक निफ्राले पनि लाभांश घोषणा गरेको छ। त्यस्तै दुई वटा फाइनान्स कम्पनी र तीन वटा लघुवित्तले पनि लाभांश घोषणा गरेका छन्। हाइड्रोतर्फ ८ कम्पनीले लाभांश घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका कम्पनी मध्ये युनिलिभर नेपाल लिमिटेडले सर्वाधिक १८४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै  सोल्टी होटेलले ३१.५७ प्रतिशत लाभांश घोषणा गर्दा हिमालयन डिस्टिलरीले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । साहस उर्जाले २२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ भने माउन्टेन इनर्जी र नेपाल ल्युब आयलले समान २१.०५३ प्रतिशत लाभांश घोषणा गरेका छन् । एभरेष्ट बैंक र भगवती हाइड्रोले समान २० प्रतिशत लाभांश घोषणा गरेका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश घोषणा गरेको छ।

लाभांश घोषणा गरेका मध्ये सबैभन्दा कम लाभांश सिंगटी हाइड्रोको रहेको छ। कम्पनीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै सिटिजन्स बैंकले ५.२६ प्रतिशत , निफ्राले ६.३१ प्रतिशत तथा सानिमा बैंकले ७.३६ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

हेर्नुस् कुनको लाभांश कति ?

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

इरानी हमलाको प्रभावः कुवेत र इराकमा रहेका नेपालीलाई दूतावासले गर्‍यो यस्तो आग्रह

कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकमा रहेका नेपालीहरुलाई उच्च...

बाढी र पहिरोः देशका मुख्य राजमार्ग अवरुद्द, कतै एकतर्फी सञ्चालन

गएराती देखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’ शोरुम सञ्चालनमा

नेपालको फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड ‘लामिनार’ले काठमाडौँ उपत्यकाभित्र थप...

पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबकम निःशुल्क कक्षा

नवीन तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल...

भारतका एयरपोर्ट प्रयोग गरेर नेपालीलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

नेपाली श्रमिकलाई भारतबाट विदेश पठाउने म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार...
spot_img