मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज कार्तिक २० गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
बैंकले मङ्सिर ६ गते साधारणसभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित ) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
बैंकको सभाको विशेष प्रस्तावमा बैंक गाभ्ने गाभिनेबारे आवश्यक निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने छन् ।
यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु:
सामान्य प्रस्तावहरु:
१. संचालक समितिको तर्फवाट प्रस्तुत हुने अध्यक्षको आ.व. २०८१ / ०८२ को बार्षिक प्रतिबेदन उपर छलफल गरी प्रतिबेदन पारित गर्ने ।
२. लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ अषाढ मसान्तको सात २०८१ श्रावण १ गते देखि २०८२ अषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाह विवरण पारित गर्ने ।
३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/०८३ को हरहिसाब लेखापरिक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. संचालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु.१,२१,७१,००,०००।- (अक्षरेपी एक अर्व एक्काइस करोड एकहत्तर लाखको १०.०० प्रतिशतले हुन आउने रकम रु. १२,१७,१०,०००।- (बाह्र करोड सत्र लाख दश हजार मात्र) बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत ) मात्र दिने प्रस्ताव स्वीकृत गर्ने ।
५. बैंकको नियमावली बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने ।
विशेष प्रस्ताव
१. मितेरी डेभललपमेन्ट बैंक लिमिटेड र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने
सम्बन्धमा :
अ) यस बैंक र अन्य कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने ।
आ) एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
२. नियमनकारी निकायबाट दिएको निर्देशन बमोजिम बैंकको प्रबन्धपत्र / नियमावलीमा कुनै व्यवसायिक उद्देश्यहरु थप वा संशोधन गर्नु परेमा त्यस्तो संशोधन गर्ने लगायतका अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।
३. बैंकले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तगत गरेको रु १ लाख भन्दा बढिको खर्च अनमोदन गर्ने सम्बन्धमा ।











