Sunday, August 30, 2026
spot_img
spot_img

युनिलिभर नेपालद्वारा १८४२ प्रतिशत लाभांश घोषणा, साधारणसभा पनि आह्वान

spot_img

युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ७ गते भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले १८४२ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १८४२ रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ । कम्पनीले कार्तिक २५ गते साधारणसभा गर्ने भएको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ११ देखि कार्तिक २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक १० गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन र साधारणसभामा भाग लिन सक्ने छन् ।

नेप्सेमा सुचिकृत कम्पनीहरुको मध्ये युनिलिभर नेपाल सबैभन्दा महँगो शेयर मूल्य भएको कम्पनी हो । हाल कम्पनीको शेयर मूल्य प्रति कित्ता ४७ हजार ७ सय ९० रुपैयाँ रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...