कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा बन्दमुखी म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । कुमारी इक्विटी फण्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजनाको लाभांश घोषणा भएको हो ।
जसमध्ये कुमारी इक्विटी फण्डले ११.५० प्रतिशत, कुमारी धनवृद्धि योजनाले १०.५० प्रतिशत, र कुमारी सबल योजनाले ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। यो लाभांश आर्थिक २०८१/८२ को हो। यो लाभांश कर सहित रहेको क्यापिटलले जनाएको छ । लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने पछि तय गरिने क्यापिटलले जनाएको छ।
क्यापिटलको खुलामुखी योजना ‘कुमारी सुनौलो लगानी योजना’ले यस अघि ८.८८ प्रतिशत लाभांश घोषणा गरिसकेको छ।












