सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ।
कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने गरि वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको हो।
बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।











