Sunday, August 30, 2026
spot_img
spot_img

१६ म्युचुअल फण्डको लाभांश घोषणा, धेरै दिनेमा लक्ष्मी सनराइजका ६ फण्ड (सूचीसहित)

spot_img

सामुहिक लगानी योजना (म्युचुअल फण्ड)हरुले धमाधम लाभांश घोषणा गरिरहेको छ। हाल (साउन २१ गते बिहान ११ बजे) सम्म १६ वटा म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्नेमा लक्ष्मी सनराइज क्यापिटलको सनराइज ब्लु चिप फण्ड, शुभ लक्ष्मी कोष, र लक्ष्मी भ्यालु फण्ड २ रहेका छन् । त्यस्तै कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना, सिद्धार्थ क्यापिटलको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, एनआईएमबि क्यापिटलको एनआईबिएल सहभागिता फण्ड रहेका छन् ।  यी बाहेक गरिमा क्यापिटलको गरिमा समृद्धि योजना, र एनएमबि क्यापिटलको एनएमबि सरल बचत फण्ड ई ले पनि घोषणा गरेका छन् । साथै एनआईसी एशिया क्यापिटलको एक खुलामुखी सहित ४ वटै म्युचुफल फण्डले लाभांश घोषणा गरेका छन् ।

त्यस्तै आज लक्ष्मी सनराइज क्यापिटलले संचालन गरेका थप तीन म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । आज लक्ष्मी उन्नति कोष, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डले लाभांश गरेका हुन् । आज नै मुक्तिनाथ क्यापिटलको म्युचुअल फण्डले पनि लाभांश घोषणा गरेको छ।

यी १६ वटा योजना मध्ये लक्ष्मी उन्नति कोषले सर्वाधिक २० प्रतिशत लाभांश घोषणा गरेको छ भने सनराइज ब्लु चिप फण्डले १९ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश घोषणा गरेको छ। लाभांश घोषणा गर्नेमा सबैभन्दा धेरै लाभांश भने लक्ष्मी सनराइज क्यापिटलको फण्डले घोषणा गरेको छ। १६ फण्ड मध्ये सबै भन्दा धेरै लाभांश घोषणा गर्ने ६ फण्ड लक्ष्मी सनराइज क्यापिटल कै फण्ड रहेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका फण्ड मध्ये मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश सबै भन्दा कम अर्थात् ३.८० प्रतिशत छ। हालसम्म लाभांश घोषणा गरेका १६ वटा फण्ड मध्ये ६ वटा खुलामुखी फण्ड छन् ।

हेर्नुस् हालसम्म कुन फण्डले कति घोषणा गर्यो लाभांश ? 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...