लक्ष्मी सनराइज क्यापिटलले संचालन गरेका थप ३ म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । आज लक्ष्मी उन्नति कोष, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डले लाभांश गरेका हुन् ।
जस अनुसार लक्ष्मी उन्नति कोषले २० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डले १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डले १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । यी सबै लाभांश कर सहित घोषणा गरिएका नगद लाभांश हुन् । यो आर्थिक वर्ष २०८१/८२ को लाभांश हो ।
क्यापिटलले संचालन गरेको सनराइज ब्लु चिप फण्डले कर सहित १९ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ ले कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा यस अघि नै गरिसकेका छन्।











