एनआईसी एशिया क्यापिटलले आफुले संचालन गरेको ४ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ। क्यापिटलको आज साउन १८ गते बसेको बैठकले लाभांश घोषणा गरेको हो।
जस अनुसार एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत लाभांश, एनआईसी एशिया ब्यालेन्स फण्डले ९.९० प्रतिशत लाभांश, र एनआईसी एशिया सेलेक्ट फण्डले ८.६५ प्रतिशत लाभांश वितरण गर्ने भएका छन् । यी ३ वटै बन्दमुखी योजना हुन् । यी योजनाको लाभांश वितरणको लागि क्यापिटलले साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
त्यस्तै क्यापिटलको खुलामुखी योजना एनआईसी एशिया डायनामिक डेट फण्डले ५.५५ प्रतिशत लाभांश घोषणा गरेको छ। ४ वटै फण्डको लाभांश कर सहित घोषणा गरिएका नगद लाभांश हुन् ।












