गरिमा क्यापिटलले संचालन गरेको गरिमा समृद्धि योजनाले लाभांश घोषणा गरेको छ। यस फण्डले आर्थिक वर्ष २०८१/८२ को लागि कर सहित ५.१० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
फण्डले कुल ६ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ। फण्डले लाभांश वितरणको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन २५ गतेसम्म कायम शेयरधनीले फण्डले दिने लाभांश पाउन सक्ने छन् ।
यो गरिमा क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । फण्डले संचालनमा आएको ६ महिना मै लाभांश घोषणा गरेको हो।











