कुमारी क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेको छ। कुमारी बैंक कोष प्रबर्द्धक तथा कुमारी क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रही कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “कुमारी सुनौलो लगानी योजना” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको हो।
आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८२/०४/१३ गते साँझ ५:०० बजे बजे बसेको संचालक समितीको ७८ औं बैठकले आर्थिक वर्ष २०८१/ ०८२ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ८.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि साउन १३ गते बुक क्लोज गरिएको छ । साउन १२ गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।
यो योजना एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछिको) लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT Account)मा इकाईहरु पठाईने क्यापिटलले जनाएको छ । यस अघि लाभांश पुनः लगानी योजनामा सहभागी नभएकाले साउन २७ गतेसम्म दर्ता हुन सक्ने छन् ।
लाभांश पुनः लगानी योजनामा सहभागी नहुनेको हकमा भने बैंक खातामा नगद लाभांश पठाइने क्यापिटलले जनाएको छ ।











