Sunday, August 30, 2026
spot_img
spot_img

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभाको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले असार ३० गतेको लागि साधारणसभा आह्वान गरेको हो। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

कम्पनीले  आ.ब. २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.१०  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२७ प्रतिशत नगद लाभांश गरि कुल ५.३७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बारे ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ (NFRS बमोजिम ) आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथी छलफल तथा पारित गर्ने बारे ।

३. संचालक समितिबाट प्रस्तावित नगद लाभांश (कर प्रयोजनको लागि ) ०.२६८४% ले हुन आउने रु. ९१,२५,८७६/- (अक्षरुपी एकानब्बे लाख पच्चीस हजार आठ सय छयत्तर मात्र) पारित गर्ने बारे

४. संस्थापक शेयरधनी (समूह क) को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने संचालक पद – ३ र सर्वसाधारण शेयरधनी (समूह ख ) को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने संचालक पद- २ को निर्वाचन गर्ने र १ जना स्वतन्त्र संचालक मनोनित गर्ने बारे ।

५. आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा (हालको लेखा परिक्षक बि.के. अग्रवाल एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्स पुन नियुक्त हुन सक्ने ।

(ख) विशेष प्रस्तावहरू :
१. आर्थिक वर्ष २०८० /०८१ सम्मको संचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजी रु.३,३९,९८,३६,३०७/- को बोनस शेयर ५.१०% ले हुन आउने रु.१७,३३,९१,६५२/- (अक्षरुपी सत्र करोड तैतिस लाख एकानब्बे हजार छ सय बाउन्न मात्र ) रकम बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२. उल्लेखित बोनस शेयर वितरण पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने बारे ।

३. कम्पनीको विशेष प्रस्ताव अन्तर्गत नं. १ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...