युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज असार १८ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभाको लागि असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १८ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले असार ३० गतेको लागि साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.ब. २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
कम्पनीको साधारणसभाको विशेष प्रस्तावमा हकप्रद अनुपात घटाउने प्रस्ताव पेश हुने छ। कम्पनीको २०८१ जेठ ३१ गते सम्पन्न विशेष साधारणसभाले १५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो। तर अब आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी बढ्ने भएकोले अब १० प्रतिशत हकप्रद मात्र निष्काशन गर्ने प्रस्ताव कम्पनीले सभामा लैजान लागेको हो । १० प्रतिशत बोनस र १० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब ५४ करोड १० लाख पुग्ने छ।