हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको हुनुपर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ ११ गते आइतबार बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश पाउन आज जेठ ८ गते बिहीबारसम्म सेयरधनी कायम हुनुपर्नेछ ।
जेठ ९ गते शुक्रबार र १० गते शनिबार परेकाले यी दिन सेयर कारोबार हुँदैन । यसकारण यस कम्पनीको लाभांश पाउन जेठ ८ गते बिहिबारै सेयर किनेको हुनुपर्ने छ ।
कम्पनीले ४.७५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले जेठ २५ गते साधारणसभा बोलाएको छ ।











