Tuesday, May 5, 2026
spot_img
spot_img

आईसीएफसी फाइनान्सले फागुन ११ देखि ऋणपत्र निष्काशन गर्ने, कति दिन्छ ब्याज ?

spot_img
spot_img

आईसीएफसी फाइनान्स लिमिटेडले फागुन ११ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । फाइनान्सले  प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ५ लाख कित्ताले हुन आउने ५० करोड रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये ३ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने २ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन हुनेछ । सर्वसाधारणको लागि निष्काशन गरिने २ लाख कित्ता मध्येबाट १० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ।

यस ऋणपत्रमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्युनतम २५  कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख २२...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने...

बिदा भए लगानी बोर्डका सीईओ ज्ञवाली, जाँदाजाँदै के भने ?

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवाली बिदा...

यी हुन् क्यानको महानिर्देशक बन्न इच्छुक २१ जना

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिकतर्फको सहसचिव पनि रहने...

शेखर गोल्छालाई थुनामा राख्ने निर्णय बदर, रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर...
spot_img