Wednesday, August 26, 2026
spot_img
spot_img

१०० रुपैयाँ मै एचआइडिसिएलको १ करोड ६८ लाख कित्ता शेयर खरिद गर्ने अवसर

spot_img

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले हकप्रदमा अवितरित १ करोड ६८ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाम गर्ने भएको हो ।

कम्पनीले यी शेयर साउन २९ देखि भदौ ६ गतेसम्म लिलाम गर्न लागेको हो । कम्पनीले यी शेयरको मूल्य न्युनतम १०० रुपैयाँ तोकेकोले सो वा सो भन्दा बढी मूल्य कबोल गरि आवेदन दिनु पर्ने पर्ने छ। आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ । ५ लाख भन्दा बढीको आवेदन दिंदा प्यान नम्बर अनिवार्य आवश्यक पर्ने छ।

शेयर लिलामको लागि ग्लोबल आईएमइ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  काठमाडौँमा क्यापिटलको कार्यालय नक्साल र ग्लोबल आईएमई बैंकको शंखमुल शाखाबाट आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने आवेदन दिनको लागि ग्लोबल आईएमई बैंकको १४ शाखा तोकिएका छन् ।

लिलाम प्रक्रियाबाट प्राप्त यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा hidclp सिम्बलबाट सजिल्यै कारोबार हुन सक्ने छन् । कम्पनीले यस अघि पटक पटक हकप्रदमा अवितरित संस्थापक शेयर लिलाममा ल्याए पनि पुरा बिक्री हुन सकेको थिएँन । अब भने नेप्सेमा शेयर मूल्य बढेपछि फेरी संस्थापक शेयर लिलाममा ल्याएको हो । यो समाचार तयार पार्दासम्म नेप्सेमा यी शेयरको शेयर मूल्य १२९ रुपैयाँ ४० पैसा रहेको छ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९...

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...

भोटेकोशी बाढी: ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण...

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...