Wednesday, July 9, 2025

१०० रुपैयाँ मै एचआइडिसिएलको १ करोड ६८ लाख कित्ता शेयर खरिद गर्ने अवसर

spot_img
spot_img

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले हकप्रदमा अवितरित १ करोड ६८ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाम गर्ने भएको हो ।

कम्पनीले यी शेयर साउन २९ देखि भदौ ६ गतेसम्म लिलाम गर्न लागेको हो । कम्पनीले यी शेयरको मूल्य न्युनतम १०० रुपैयाँ तोकेकोले सो वा सो भन्दा बढी मूल्य कबोल गरि आवेदन दिनु पर्ने पर्ने छ। आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ । ५ लाख भन्दा बढीको आवेदन दिंदा प्यान नम्बर अनिवार्य आवश्यक पर्ने छ।

शेयर लिलामको लागि ग्लोबल आईएमइ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  काठमाडौँमा क्यापिटलको कार्यालय नक्साल र ग्लोबल आईएमई बैंकको शंखमुल शाखाबाट आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने आवेदन दिनको लागि ग्लोबल आईएमई बैंकको १४ शाखा तोकिएका छन् ।

लिलाम प्रक्रियाबाट प्राप्त यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा hidclp सिम्बलबाट सजिल्यै कारोबार हुन सक्ने छन् । कम्पनीले यस अघि पटक पटक हकप्रदमा अवितरित संस्थापक शेयर लिलाममा ल्याए पनि पुरा बिक्री हुन सकेको थिएँन । अब भने नेप्सेमा शेयर मूल्य बढेपछि फेरी संस्थापक शेयर लिलाममा ल्याएको हो । यो समाचार तयार पार्दासम्म नेप्सेमा यी शेयरको शेयर मूल्य १२९ रुपैयाँ ४० पैसा रहेको छ।

 

spot_img
spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img