Friday, June 5, 2026
spot_img

नारायणी डेभलपमेन्ट बैंकको ६ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

spot_img
spot_img

नारायणी डेभलपमेन्ट बैंकले आज मङ्सिर ११ गतेदेखि हकप्रदमा अवितरित ६ लाख कित्ता बढी शेयर लिलाममा ल्याएको छ। कम्पनीले हकप्रदमा बिक्री नभएको ६ लाख २१ हजार ६ सय ६ कित्ता हकप्रद शेयर लिलाममा ल्याएको हो। जस मध्ये ६ लाख ३ हजार १ सय ६२ कित्ता संस्थापक समुहको शेयर हो भने बाँकि साधारण समुहको शेयर हो ।

यस लिलामी प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।  आवेदन दिनको लागि मङ्सिर २५ गतेसम्मको म्याद तोकिएको छ । संस्थापक शेयरको नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड प्रपर टेस्टको सबै मापदण्ड पुरा गरेको हुनु पर्ने छ।

काठमाडौँ जिल्ला भित्र ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्सालबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने ग्लोबल आईएमई बैंकका शाखाहरु  बिराटनगर, हेटौडा, बिरगंज, नारायणगढ, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सकिने छ।

बैंकले असोज २ देखि कार्तिक ९ गतेसम्म  १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशतले हुन आउने २६ करोड २४ लाख ६७ हजार ७ सय रुपैयाँको २६ लाख २४ हजार ६ सय ७७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।हकप्रदमा बिक्री नभएको शेयर लिलाममा आउन लागेको हो।

नेपाल धितोपत्र बोर्डले साउन १५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...
spot_img