Friday, June 5, 2026
spot_img

शिवश्री हाइड्रोले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड

spot_img
spot_img

शिवश्री हाइड्रोपावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार कम्पनीको मङ्सिर ५ गतेको संचालक समितिले शेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार लिलामीको शेयरको कटअफ मूल्य १४० रुपैयाँ कायम भएको छ। १४० रुपैयाँमाथि कबुल गरेर आवेदन दिने सबैले शेयर पाएका छन्। १४० रुपैयाँ मै आवेदन दिनेले भने सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर पाएका छन् ।

क्यापिटलले लिलामीमा नपरेको शेयरको रकम आज मङ्सिर ९ गतेदेखि फिर्ता गर्ने जनाएको छ। आवेदकले उल्लेख गरेको बैंक खातामा मै आईपीएसबाट रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ।

शिवश्री हाइड्रोले कार्तिक २० गतेदेखि कार्तिक २७ गतेसम्म हकप्रदमा अवितरित सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८ सय ४५ कित्ता शेयर लिलाममा ल्याएको थियो। कम्पनीले भदौ ११ गतेदेखि असोज २३ गतेसम्म  १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको एक सय प्रतिशतले हुन आउने  १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जस मध्ये रितपुर्वक आवेदन दिने शेयरधनीलाई १ करोड ३८ लाख ९८ हजार १ सय ५५ कित्ता शेयर बाँडफाँड गरिएको थियो। बिक्री नभएको शेयर लिलाममा आएको थियो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ४ गते  हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...
spot_img