Tuesday, August 18, 2026
spot_img

सिटी होटलको २१ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

spot_img

सिटी होटल लिमिटेडले आज कार्तिक २३ गतेदेखि हकप्रदमा अवितरित २१ लाख कित्ता बढी शेयर लिलाममा ल्याएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको २१ लाख ५० हजार ४ सय १८ कित्ता हकप्रद शेयर लिलाममा ल्याएको हो।

यी शेयर मध्ये संस्थापक समूहको १९ लाख ८९ हजार ९ सय ९९ कित्ता, कर्मचारी समूहको ६ हजार कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ४ सय १९ कित्ता शेयर रहेको छ। जसमा संस्थापक समूहको शेयर र कर्माचारी समूहको शेयर लकइनमा रहेका शेयर हुन् ।  जसको लक्इन अवधि २०८३ जेठ ४ गतेसम्म रहेको छ ।

यस लिलामी प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । आवेदन दिनको लागि कार्तिक ३० गतेसम्मको म्याद तोकिएको छ ।

काठमाडौँ जिल्ला भित्र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने प्रभु बैंकको शाखाहरु  बिराटनगर, हेटौडा, बिरगंज, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सकिने छ।

कम्पनीले  हाल कायम चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने  १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गरेको थियो।  नेपाल धितोपत्र बोर्डले साउन ४ गते  सिटी होटेल लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img