spot_img

कार्तिक २३ देखि २१ लाख ५० हजार कित्ता शेयर लिलाम गर्दै सिटी होटल, कहाँ दिने आवेदन?

spot_img

सिटी होटल लिमिटेडले कार्तिक २३ गतेदेखि हकप्रदमा अवितरित २१ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको २१ लाख ५० हजार ४ सय १८ कित्ता हकप्रद शेयर लिलाम गर्न लागेको हो।

लिलाम गर्न लागिएको यी शेयर मध्ये संस्थापक समूहको १९ लाख ८९ हजार ९ सय ९९ कित्ता, कर्मचारी समूहको ६ हजार कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ४ सय १९ कित्ता शेयर रहेको छ। जसमा संस्थापक समूहको शेयर र कर्माचारी समूहको शेयर लकइनमा रहेका शेयर हुन् ।  जसको लक्इन अवधि २०८३ जेठ ४ गतेसम्म रहेको छ ।

यस लिलामी प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । आवेदन दिनको लागि कार्तिक ३० गतेसम्मको म्याद तोकिएको छ ।

काठमाडौँ जिल्ला भित्र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने प्रभु बैंकको शाखाहरु  बिराटनगर, हेटौडा, बिरगंज, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सकिने छ।

कम्पनीले  हाल कायम चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने  १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गरेको थियो।  नेपाल धितोपत्र बोर्डले साउन ४ गते  सिटी होटेल लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...