Friday, June 5, 2026
spot_img

कार्तिक १२ देखि ४ लाख ५९ हजार कित्ता शेयर लिलाम गर्दै खानी खोला हाइड्रो, कहाँ दिने आवेदन?

spot_img
spot_img

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद कार्तिक १२ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ५९ हजार ३ सय ४९ कित्ता शेयर लिलाम गर्न लागेको हो।

यस लिलामी प्रक्रियाको लागि सिटिजन्स क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । आवेदन दिनको लागि कार्तिक १९ गतेसम्मको म्याद तोकिएको छ ।

काठमाडौँ जिल्ला भित्र सिटिजन्स क्यापिटलको कार्यालय डिल्लीबजारबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने  सिटिजन्स बैंकको शाखाहरु कुमारीपाटी, ठीमी, इटहरी, बिराटनगर, बिर्तामोड, बिरगंज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगंज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले भदौ ३ देखि असोज ५ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशतले हुन आउने ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँको ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस हकप्रदमा रितपुर्वक आवेदन दिने आवेदकलाई ४१ लाख ९७ हजार ७ सय ९४ कित्ता शेयर असोज २१ गते बाँडफाँड गरिएको थियो। बिक्री नभएको शेयर लिलाममा आउन लागेको हो।

नेपाल धितोपत्र बोर्डले असार १० गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...
spot_img