Saturday, August 8, 2026
spot_img

भदौ २७ देखि हकप्रदमा अवितरित १ लाख ९७ हजार कित्ता शेयर लिलाम गर्दै नेपाल इन्स्योरेन्स

spot_img

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको १ लाख ९२ हजार ५ सय ७४ कित्ता शेयर र संस्थापक समूहको ४ हजार ४ सय ६८ दशमलव ७६ कित्ता शेयर गरि कुल १ लाख ९७ हजार ४२ दशमलव ७६ कित्ता शेयर लिलाम गर्न लागेको हो।

यस लिलामी प्रक्रियाको लागि एनआईएमबि एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा साधारणशेयरको हकमा न्युनतम १००  कित्ताको लागि र संस्थापक शेयरको हकमा न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।  इच्छुक लगानीकर्ताले असोज ५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले  साउन ६ गतेदेखि भदौ २ गतेसम्म  १०:३.४७८३  को अनुपातमा हाल कायम चुक्ता पुंजीको ३४.७८३ प्रतिशतले हुन आउने ६५ करोड ७६ लाख ९६ हजार ७ सय ७६ रुपियाँ  बराबरको ६५ लाख ७६ हजार ९ सय ६७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रद बिक्री नभएको शेयर लिलाम हुन लागेको हो।

spot_img

1 COMMENT

  1. क्या पिटल नै जान पर्छ कि साखा मा जादा नि हुन्छ स्पष्ट जानकारी काे लागि अनुरोध ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img