Friday, June 5, 2026
spot_img

साउन १३ देखि हकप्रदमा नपरेको शेयर लिलाम गर्दै राप्ती हाइड्रो, कहाँ दिने आवेदन ?

spot_img
spot_img

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले  साउन १३ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको कुल ७ लाख ४ हजार १ सय ११ कित्ता शेयर लिलाम गर्न लागेको हो।

जस मध्ये १ लाख ४० हजार १ सय १ कित्ता शेयर लकइनमा रहेको शेयर हुन्, जसको लकइन अवधि यहि साउन ८ गते सकिने छ। बाँकि ५ लाख ६४ हजार १० कित्ता शेयर लकइनमा नरहेका शेयर हुन् ।

यस लिलामी प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । यस लिलामीमा साउन २० गतेसम्म आवेदन दिन सकिने छ।

काठमाडौँ भित्र मुक्तिनाथ क्यापिटलको कार्यालय नक्सालबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने मुक्तिनाथ विकास  बैंकको शाखाहरु विराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणगढ, , बुटवल, पोखरा, बाग्लुंग, घोराही, नेपालगंज, विरेन्द्रनगर, धनगढी, र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । त्यस्तै काठमाडौँ उपत्यकामा ठिमी र कुमरिपाटी शाखाबाट पनि आवेदन दिन सकिने छ।

कम्पनीले असार १ गतेदेखि  असार २४ गतेसम्म  १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा रितपूर्वक आवेदन दिने ७१ हजार ६५ जनालाई ५४ लाख २३ हजार ८ सय २७ कित्ता शेयर बाँडफांड गरिएको थियो । बिक्री नभएको ७ लाख ४ हजार १ सय ११ कित्ता शेयर लिलाम हुन लागेको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...
spot_img