Friday, June 5, 2026
spot_img

दोर्दी खोलाको १९ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

spot_img
spot_img

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज जेठ ११ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको छ। कम्पनीले संस्थापक र सर्वसाधारण समूहको गरि कुल १९ लाख ४६ हजार ६ सय ७६ कित्ता शेयर लिलाममा ल्याएको हो।

जस मध्ये संस्थापक समुहको १२ लाख ८५ हजार ४१ कित्ता शेयर तथा सर्वसाधारण समुहको १ लाख ६५ हजार ९ सय ५६ कित्ता शेयर रहेको छ। यी लकइनमा रहेको शेयर हो, जसको लक्इन अवधि २०८२ असार ७ गतेसम्म रहेको छ। लकइनमा नरहेको सर्वसाधारण समुहको ४ लाख ९५ हजार ६ सय ७९ कित्ता शेयर पनि लिलाम हुने छ।

यस लिलामी प्रक्रियाको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले जेठ १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।

काठमाडौँ भित्र सानिमा क्यापिटलको कार्यालय नक्सालबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने सानिमा बैंकको शाखाहरु विराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, पोखरा, बुटवल, घोराही, नेपालगंज, विरेन्द्रनगर, धनगढी, र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । त्यस्तै गरिमा बैंकको बाग्लुंग शाखाबाट पनि आवेदन दिन सकिने छ।

कम्पनीले चैत्र १९ देखि  वैशाख १४ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रदमा रितपुर्वक आवेदन दिने आवेदकलाई ८५ लाख ९५ हजार ९ सय २८ कित्ता शेयर बाँडफाँड गरिएको छ। बाँकि रहेको शेयर लिलाम हुन लागेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...
spot_img