Friday, June 5, 2026
spot_img

लाइफ इन्स्योरेन्स कर्पोरेशनले लिलामीमा ल्याएको शेयरको कटअफ मूल्य कति ?

spot_img
spot_img

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा परेका बोलपत्रहरु खोलिएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज सोमबार बोलपत्र खोलेको हो। लिलामीको शेयरमा कुल १ हजार ७ सय ९९ वटा आवेदन परेका थिए।

एसबिआई मर्चेन्ट बैंकिङका अनुसार यस लिलामीको शेयरको प्रारम्भिक कट अफ मूल्य १०२२ रुपैयाँ कायम भएको छ। फाइनल भेरिफिकेसन र चेक क्लियरिंगको काम चलिरहेकोले यो प्रारम्भिक कट अफ मूल्य मात्र रहेको एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ। प्रारम्भिक कटअफ मूल्य भन्दा अन्तिम कटअफ मूल्यमा १/२ रुपैयाँ तलमाथि हुन सक्छ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म अवितरित हकप्रद शेयर लिलाम गरेको थियो। कम्पनीले १ः०.८८४५१६८ अनुपातमा हकप्रद निष्काशन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता अवितिरत हकप्रद शेयर लिलाम गरेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...
spot_img