Thursday, March 20, 2025
spot_img
spot_img

बलेफी हाइड्रोको १७ लाख ९८ हजार कित्ता शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन?

बलेफी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको छ। कम्पनीले कुल १७ लाख ९८ हजार ६ सय ५६ कित्ता शेयर लिलाममा ल्याएको हो ।

जस मध्ये ६ लाख ७६ हजार १ सय ९१ कित्ता संस्थापक शेयर हो भने ५ लाख ८ हजार ८ सय ९२ कित्ता सर्वसाधारण समुहको शेयर रहेको छ। यो लकइनमा रहेको शेयर हो। जसको लकइन अवधि २०८१ चैत्र २९ गतेसम्म रहेको छ। त्यस्तै लकइनमा नरहेको सर्वसाधारण समूहको ६ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर पनि लिलाम हुने छ।

यस लिलामी प्रक्रियाको लागि एनआईएमबि एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । आवेदन दिंदा कुन समूहको शेयरको लागि आवेदन दिएको हो, सो खुलाउनु पर्ने हुन्छ।

काठमाडौँ भित्र एनआईएमबि एस क्यापिटलको कार्यालयलाजिम्पाटबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै एनआईएमबि बैंकको विराटनगर, बिरगंज, पोखरा, र बुटवल शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले मङ्सिर २७ गतेदेखि  पुस १७ गतेसम्म १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जसमा रितपुर्वक आवेदन दिने ५३ हजार ५७ जना लगानीकर्तामा १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको थियो। बिक्रि नभएको शेयर लिलाम हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img