Friday, June 5, 2026
spot_img

कहिले खोलिंदै छ लिबर्टी इनर्जीले लिलामीमा ल्याएको शेयरको बोलपत्र ?

spot_img
spot_img

लिबर्टी इनर्जी कम्पनीले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा परेका बोलपत्रहरु यसैसाता खोलिने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले माघ १८ गते बिहान ८ बजे क्यापिटल कै कमलादी स्थित कार्यालयमा बोलपत्र खोल्ने भएको हो ।

लिबर्टीले माघ २ देखि  माघ ९ गतेसम्म हकप्रदमा अवितरित साधारण समुहको ८ लाख २६ हजार ५ सय ७४ कित्ता शेयर लिलाममा ल्याएको थियो। कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने व्यवस्था थियो ।

यस लिलामीमा सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।

कम्पनीले मङ्सिर १६ गतेदेखि  पुस ७ गतेसम्म  हाल कायम चुक्ता पूँजीको आधा अर्थात् १ः०.५ को अनुपातमा  ७५ करोड रुपैयाँ बराबरको  ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सो अवधिभित्र रितपुर्वक आवेदन दिने शेयरधनीहरुलाई प्रचलित कानुन बमोजिम शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।  कम्पनीले हकप्रदमा बिक्री नभएका शेयरहरु लिलाम गरेको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...
spot_img