Tuesday, August 4, 2026
spot_img

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, संचालकमा घिमिरे चयन

spot_img

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित ५  प्रतिशत बोनस शेयर र ८  प्रतिशत नगद लाभांश (कर समेत ) स्वीकृत गरेको छ।

सभाले अध्यक्षबाट पेश भएको कोषको आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको २०२२ साल असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८१/८२ को नाफा / नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ।

साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ । साधारणसभामा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले गत आवको लाभांशबाट शेयरधनी सन्तुष्ट देखिनु, कोषका कर्मचारीको सेवासुविधा र वृत्तिविकासलगायत विषयमा चासो देखाउनु सकारात्मक रहेको बताए। उनले संस्थालाई व्यवस्थित बनाएर लैजान दूरदर्शी ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शेयरधनीले साधारणसभामा दिएका सुझाव सम्बोधन गरिने प्रतिबद्धता जनाए । साथै संस्थालाई सुशासित संस्थाका रूपमा अघि बढाउँदै लगिएको बताए । कार्यकारी निर्देशक कार्कीले कोषले नेपाल वायुसेवा निगममा गरेको कर्जा लगानीको असुलीमा जटिलता देखिएको बताए । निगमले विमान खरिदका लागि कर्जा लग्दा नेपाल सरकार ‘ग्यारेन्टी’ बसेको उल्लेख गर्दै उनले ढिलोचाँडो असुली हुने अपेक्षा व्यक्त गरे । त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषले शिक्षा, विपद् व्यवस्थापन तथा पुनर्निर्माणका क्षेत्रमा खर्च गरेको उनको भनाइ छ । कोषका तथ्याङ्क क्रमशः ‘डिजिटलाइज्ड’ गर्दै लगिएको र डाटा भण्डारणलाई सुरक्षित बनाउँदै लगिएको पनि कार्कीले जानकारी दिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव...

एनएमबि बैंकको खुदनाफा ४ अर्ब माथि, ईपीएस २०.१८ रुपैयाँ

एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...
spot_img