Thursday, August 6, 2026
spot_img

एनआरएन नेपाल डेभलभमेन्ट फण्डको साधारणसभा आह्वान, २ प्रतिशत लाभांश प्रस्ताव

spot_img

एनआरएन नेपाल डेभलभमेन्ट फण्डले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २५ गरे साधारणसभा बोलाएको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को वार्षिक प्रगति विवरण छलफल गरि पारित गर्ने , आ.व. २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान / हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने , आ.व. २०८२/०८३ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पेश हुने छन्।

नेपाल सरकार र गैर आवासीय नेपालहरुको संयुक्त लगानीमा यो कम्पनी स्थापना भएको हो। कम्पनीले विभिन्न पूर्वाधार, पर्यटन, उत्पादन, कृषि लगायतका आयोजनामा लगानी गर्ने गर्दछ। कम्पनीले गैर आवासीय नेपालीलाई आईपीओ निष्काशन गर्ने लक्ष्य लिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह नियुक्त

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह...
spot_img