Thursday, April 2, 2026
spot_img
spot_img

एभरेष्ट कलरको साधारणसभा सम्पन्न, आईपीओको प्रक्रिया अघि बढाउन अख्तियारी प्रदान

spot_img
spot_img

एभरेष्ट कलर लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज मङ्सिर २९ गते कम्पनीका अध्यक्षको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण (वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण) माथि विस्तृत छलफल गरी सर्वसम्मतिले पारित गरेको छ। साधारण सभाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ। साथै, सञ्चालक समितिबाट यस अवधिमा भएका निर्णय तथा कार्यकारवाहीहरू अनुमोदन गरिएको छ।

विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्राथमिक शेयर निष्काशन (IPO) सम्बन्धी विषयमा छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरिएको छ। त्यसैगरी, नियमनकारी निकायको निर्देशनअनुसार आवश्यक परेमा प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रदान गरिएको छ।

कम्पनीले आगामी दिनमा उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार तथा दिगो विकासमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ऊर्जा मन्त्रालयले गठन गर्यो सुशासन एकाइ, के गर्छ काम ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको...

रेमिट्यान्स कम्पनीलाई चुक्ता पुँजी पुर्याउन २ वर्ष अवधि थपियो

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई तोकिएको चुक्ता पुँजी पुर्याउनको...

चुनावपछिको पहिलो संसद बैठक बिहीबार बस्दै, यस्ता छन् ८ वटा कार्यसूची

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि भोलि बिहीबार...

१० दिनको लागि आज चन्द्रमातर्फ जाँदै ४ जना अन्तरिक्षयात्री, ५३ वर्षपछि नासाको नयाँ मिसन

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले आज साँझ अमेरिकाको फ्लोरिडास्थित केनेडी...

प्रभु इन्स्योरेन्सको साधारणसभा आह्वान

प्रभु इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले वैशाख ९...
spot_img