Saturday, February 7, 2026
spot_img

निफ्राको साधारणसभा आज, दुई जना संचालक पदको लागि ४ जना उम्मेदवार

spot_img
spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले आज मङ्सिर २३ गते साधारणसभा गर्दै छ। बैंकको सभा  काठमाडौँको बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा  बिहान ९ बजेदेखि सुरु हुने छ।

बैंकको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। बैंकले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रहेको छ। बैंकको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ११ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

आजको साधारणसभामा सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना संचालकको निर्वाचन पनि हुने छ । निर्वाचनमा ४ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमा मनिष थापा, लिमा अधिकारी आचार्य, प्रविण सुवेदी र पवन रिजाल क्षेत्री रहेका छन् ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...

२४ लाख ९९ हजारमै टाटा टियागो इभी किन्न पाउने अवसर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले...

जेन जी आन्दोलनमा क्षतिग्रस्त बनेको कोटेश्वर भाटभटेनी पुनः सञ्चालनमा

भाटभटेनी सुपरमार्केटले जेन् जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका...

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि, नेपालको पहिलो खेल आइतबार

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आज शनिवारदेखि सुरु हुँदैछ...

टी २० विश्वकपका खेल टुँडिखेल र तीनकुनेमा लाइभ देखाइने

कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२०...

प्रत्यक्षतर्फको ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत...
spot_img