लक्ष्मी सनराइज बैंकले साधारणसभा आह्वान गरेको छ। बैंकले पुस १४ गतेको लागि साधारणसभा बोलाएको हो।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
बैंकले साधारणसभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।













